विश्व

चीनले बेलायतलाई दियो चेतावनी

एजेन्सी । चीनले आइतवार बेलायतलाई शीतयुद्धको प्लेबुकलाई नपछ्याउन चेतावनी दिएको छ ।

बेलायतका शीर्ष अधिकारीहरू र रक्षा विशेषज्ञहरूले आफ्ना अष्ट्रेलियाली समकक्षहरूसँग अकस अघि बढाउन र रुस-चीनको विरोध गर्न वैचारिक गुटको संयोजनलाई अगाडि बढाउनमा जोड दिइनेबारे छलफल गरिरहेको बेला चीनले यस्तो चेतावनी दिएको हो ।

अकस संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलिया सम्मिलित ऐतिहासिक सुरक्षा सम्झौता हो। यस सम्झौताको पछाडि अमेरिकाको उद्देश्य यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई कम गर्नु रहेको छ ।

अकसगठन पछि चीनले यसको निन्दा गरेको थियो र यो ‘अत्यन्त गैरजिम्मेवार’ र ‘संकीर्ण’ भएको बताएको थियो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लेगियानले यो गठबन्धनले क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा क्षति पुर्‍याउने र हतियारको दौड बढाउने बताएका थिए।

ग्लोबल टाइम्सको समाचार अनुसार बेलायत चीनसँग धेरै मामिलामा अडानमा छ र एक किसिमले अमेरिकी रणनीतिलाई पछ्याउँदै आएको देखिन्छ ।

ग्लोबल टाइम्सको समाचार अनुसार बेलायतको यो कदमले बोरिस जोन्सनको प्रशासनले स्थानीय मुद्दाबाट जनताको ध्यान हटाउन खोजेको मात्र होइन, बेलायतका विदेशमन्त्री लिज ट्रासको महत्वाकांक्षा पनि देखाउँछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *