खेलकुद

पीएसजीमा रामोसको डेब्यु गोल

काठमाडौं । डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा पहिलो गोल गरेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४-० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् ।

पीएसजीको जितमा मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १-१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍याे ।

स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् ।

जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *