काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २८६८ जना, ललितपुरमा ६०२ जना र भक्तपुरमा ३२१ जना गरि कुल ३७९१ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५५९८ र एन्टीजेन परिक्षणबाट ८६४ गरि कुल ६४६२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.७ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३३७७ पिसिआर र ४०६० नमुना एन्टीजेन परिक्षण गरि कुल १७४३७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ४० पुगेका छन् । त्यस्तै आइसीयुमा २१५ जना छन् भने देशभर ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १६६४ जना छन् भने होम आइसोलेसनमा ७५ हजार ३७६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको छ ।




