शिक्षा / स्वास्थ्य

बिपीका २१६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

काठमाडौं ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई सय १६ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चिकित्सक, नर्स र कर्मचारी गरी दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहका अनुसार पछिल्लो पटक दुई सय १६ जनामा सङ्क्रमण देखिएको हो । एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाइनो, साइकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक सय १४ जना नर्स, हेल्पर १६ जना र हेल्थ एडका पाँच जना गरी जम्मा दुई सय १६ जनामा कोरोना सङ्क्रमण भएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *