विराटनगर। उच्च अदालत विराटनगरका आठ न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसहित आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आठ जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अदालतले प्रवाह गर्ने सेवा प्रवाह प्रभावित भएको उच्च अदालत विराटनगरका प्रवक्ता ओम सुवेदीले जानकारी दिए । उनका अनुसार रजिस्टारसहित अदालतका केही कर्मचारीलाई पनि सङ्क्रमण देखिएको छ ।
उच्च अदालतमा ११ जना न्यायाधीश छन् । तीमध्ये आठ जनालाई सङ्क्रमण देखिएपछि न्याय सम्पादनको काम प्रभावित बनेको उनले बताए । सोमबार उच्च अदालतमा एउटामात्रै इजलास बस्ने बताइएको छ ।




