समाचार

भक्तपुरमा धुवाँले निस्सासिएर तीन महिनाको शिशुको मृत्‍यु

भक्तपुर। भक्तपुरको दधिकोट गाम्चामा धुवाँले निस्सासिएर ३ महिने शिशुको मृत्‍यु भएको छ ।

राती खाना खाएर आगो तापेर सुतेका रामेछाप मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेश रम्तेल र २८ वर्षीया पसुना तामाङकी ३ महिनेको निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

अचेत अवस्थामा रहेका दुई जना (अभिषेक र उनकी श्रमीती) को मध्यपुर अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *