खेलकुद

अस्ट्रेलियन ओपनः विश्व नम्बर एक बार्टी चौथो चरणमा

काठमाडौं। अष्ट्रेलियन विश्व नम्बर एक अस्ले बार्टी शुक्रबार अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

मेलबर्न पार्कमा भएको खेलमा बार्टीले इटालियन क्यामिला जियोर्जीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश पाइन् । 

बार्टी गत वर्ष ओपनको क्वार्टरफाइनलबाट बाहिरिए पनि विम्बल्डन च्याम्पियन बनेकी थिइन् । सन् २०१२ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी बार्टीले सन् २०२० मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी थिइन् ।

चौथो चरणमा बार्टीले अमेरिकी अमान्डा अनिसिमोभा र जापानकी नाओमी ओसाकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । ओसाका ओपनकी साविक विजेतासमेत हुन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *