राजनीति

अर्ली इलेक्सनमा हाम्रो असहमति होइन : शंकर पोखरेल

काठमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनमा एमालेको असहमति नरहेको बताएका छन्।

सत्तारुढ गठबन्धनले बैशाखमा संसदीय निर्वाचन गर्ने तयारी गरिरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले पार्टीको धारणा सार्वजनिक हुन्।

पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना नै भएको उनको भनाइ छ। तर स्थानीय चुनाव समयमा नगर्ने पाँचदलीय गठबन्धनको कुनियतप्रति एमालेको गम्भीर असहमति रहेको उनको भनाइ छ।

‘नेकपा(एमाले)को असहमति अर्ली इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो।’ उनले लेखेका छन्, ‘तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमति रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *