समाचार

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना गरेको छैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानमा स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।

आज (बिहीबार) ट्विटरमार्फत महामन्त्री थापाले आफूहरूले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नगरेको भन्दै निर्वाचनबारे कुनै निर्णय गर्दा स्थानीय तह रिक्त भएमा त्यो असंवैधानिक हुने बताएका हुन् ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अत: निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ‚’ उनले लेखेका छन् ।

यो सरकार असंवैधानिक कदमविरुद्धको सङ्घर्षबाट बनेकाले सरकारले गर्ने हरेक निर्णय संविधानको कसीमा सही हुनुपर्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *