शिक्षा / स्वास्थ्य

एकैदिन १२ हजार ३३८ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या पनि बढ्यो

काठमाडौं । नेपालमा बिहीबार १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २१ हजार सात पिसिआर परिक्षणका क्रममा १० हजार ७ र ६ हजार ४९० एन्टीजेन परिक्षणका क्रममा २ हजार २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ३२ जनाको ज्यान गएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको भएको छन् । अहिलेसम्म नेपालमा ८ लाख १८ हजार ८०९ जना निको भएका छन् ।

हाल नेपालमा ५७ हजार ४९० सक्रिय संक्रमित आइशोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *