देश

नेपाली श्रमिकको दोस्रो टोली माघ १५-१६ गते इजरायल जाँदै

काठमाडौँ । दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली १५ र १६ माघमा इजरायलय जान जाने भएका छन् ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरे पनि क्रमशः छनौट भएका सबैलाई इजरायल पठाइने छ ।

इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरी ९९ जना गत बुधबार इजरायल प्रस्थान गरिसकेका छन । दोस्रो चरणमा दुई हवाई उडानमार्फत जाने श्रमिकको छनौट मन्त्रालयले गरिरहेको छ ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५ सय र मंसिरमा ६ सय ७५ श्रमिकको नामावली छनौट गरी रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । जसअनुसार छनोटमा परेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला तथा ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिकलाई रोजगारका लागि इजरायल जाने बाटो खुलेको हो । इजरायल जाने प्रत्येक नेपाली श्रमिकले कम्तिमा २ लाख रुपैयाँ मासिक पारिश्रमिक रुपमा पाउने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *