समाचार

नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

काठमाडौं । नेपाली विद्यार्थीले अब अस्ट्रेलियामा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने छन् ।

कोभिड-१९ महामारीको कारण कामदारको चर्को अभाव खेपिरहेको अष्ट्रेलियाले आजदेखि लागू हुने गरी नेपाली विद्यार्थीका लागि आगामी दिनमा हप्तामा २० घन्टाभन्दा बढी काम गर्न पाउने व्यस्था गरेको हो ।

आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भीसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउने काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *