सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालय नटुक्रयाउने बताएका छन् ।
उनले गठबन्धनको भागबण्डाका लागि मन्त्रालय नटुक्रयाउने तर समस्या भए मुख्यमन्त्रीको पद छाड्न समेत तयार रहेको बताएका हुन् । उनले भने,‘कर्णालीमा अन्य प्रदेशको जस्तो मन्त्रालय फुटाएर खर्च बढाउने पक्षमा म छैन । मैले मन्त्रालयको संख्या बढाएर सरकार विस्तार गर्नुभन्दा त मुख्यमन्त्री पद नै छोडिदिन्छु ।’
मुख्यमन्त्री शाहीले आफूले मन्त्रालय फुटाएर कर्णालीलाई अनावश्यक बोझ बढाउन नचाहेको बताए ।




