काठमाडौं । नेदरल्याण्ड सरकारले कोरोना संक्रमण फैलिन नदिन लगाएको प्रतिवन्धविरुद्ध हजारौं मानिसले प्रदर्शन गरेका छन् ।
कोरोनाविरुद्धको खोप अभियान र नियन्त्रणका लागि गरिएको प्रतिवन्धात्मक व्यवस्थाको विरुद्धमा हजारौं नागरिकले प्रदर्शन गरेका हुन् । राजधानी एम्स्टर्डममा दैनिक रुपमा प्रदर्शन हुने गरेको भएपनि आइतबारको प्रदर्शनमा किसानहरु समेत सहभागी भएका हुन् ।
किसानहरुले ट्रयाक्टरसहित प्रदर्शन गरेका हुन् । नेदरल्याण्डमा गत डिसेम्बरमा एक महिना लामो लकडाउन गरिएको थियो । लगातारको प्रदर्शनपछि प्रधानमन्त्री मार्क रुटले बन्द गरिएका पार्क, सैलुन, जिमखाना खोल्ने अनुमति दिने घोषणा गरेका थिए ।




