समाचार

कर्णाली प्रदेश प्रवेश नाकामा कडाई गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश भित्रिने नाकाहरुमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

बैठकले सम्भावित तेस्रो लहर रोकथामका लागि प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्ने र भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

कोभिड नियन्त्रणमा खटिनेलाइृ मात्रै जोखिम भत्ताको व्यवस्था समेत निर्णय समेत भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *