समाचार

अष्ट्रेलियामा एकैदिन डेढलाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली विद्यार्थीहरु अत्यधिक रहेको अस्ट्रेलियामा बिहिबार एकैदिन डेढ लाखमा कोरोना संक्रमण देखिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विहीबार एकै दिन एक लाख ४७ हजारमा संक्रमण पुष्टि भएको हो । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो ।

संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्समा रहेको जनाइएको छ । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *