विश्व

कोरोनाका कारण अमेरिकामा आगामी महिना ६२ हजारको मृत्यु हुने चेतावनी

काठमाडौं । अमेरिकामा कोरोनाका कारण आगामी महिनासम्म थप ६२ हजारको मृत्यु हुने प्रक्षेपण गरिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले आगामी चार सातामा कोरोनाका कारण ६२ हजार बढिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको हो ।

सिडिसीले आगामी २२ दिनमा १० हजारदेखि ३३ हजारको मृत्यु हुनसक्ने चेतावनी समेत दिएको छ । आगामी फेब्रुअरी ५ सम्म ४८ हजारजनासम्म अस्पतालमा भर्ना हुने सिडिसीले जनाएको छ । अमेरिकामा अहिलेसम्म ८ लाख ४४ हजार बढिको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *