समाचार

कोरोनाविरुद्धको खोप लगाउन बाध्य पारेको भन्दै संसदमा आक्रमणको प्रयास

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउन बाध्य पारिएको भन्दै बुल्गेरियामा विशाल प्रदर्शन गरिएको छ । झण्डै तिन हजार प्रदर्शनकारीहरुले बुल्गेरियाको संसद भवन बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले संसद भवनमा आक्रमणको प्रयास समेत गरेको समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।

कोरोना संक्रमण उच्च भएपछि बुल्गेरियामा अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरिएको छ । त्यसबाहेक कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएपछि मात्रै रेस्टुरेन्ट, क्याफेहरू र शपिङ मलमा जान दिइने नियम लागू गरिएको छ ।

युरोपियन मुलुकहरुमध्येको सबैभन्दा कम मानिसले खोप लगाएको मुलुक बुल्गेरिया हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *