समाचार

मिलमा बेरिएर ५१ वर्षीया महिलाको मृत्यु

डोटी । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *