खेलकुद

जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकारे

काठमाडौं।सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आइसोलेसन नियम उल्लघंन गरेको स्वीकार गरेका छन् ।  सामाजिक संजाल इन्स्टाग्राममार्फत टेनिस स्टार जोकोभिचले पछिल्लो महिना कोभिड संक्रमित हुँदा आफूले आइसोलेसनको नियम उल्लंघन गरेको स्वीकार गरेका हुन् ।

उनी १६ डिसेम्बरमा कोभिड-१९ बाट संक्रमित भएका थिए । यस्तै, उनले कोभिड फारमसमेत गल्ती भरेको र अष्ट्रेलियामा पत्रकारलाई अन्तर्वार्ता दिएको बताएका छन् । उनले भनेका छन्, ‘म स्विकार गर्छु गलत जानकारी भरेकाे हो ।’ 

गत ६ जनवरीमा ग्रान्डस्लाम खेल्न अष्ट्रेलिया पुगेका ३४ वर्षीय जोकोभिचकाे स्थानीय सरकारले भिसा रद्द गरेको थियो । तर, सोमबार अदालतले सरकारको निर्णय खारेज गरेसँगै वर्षको पहिलो ग्रान्डस्लाम ओपन खेल्ने सम्भावना बलियो बनेको थियो । 

यी खेलाडीले हालसम्म आफूले कोरोनाविरुद्धको खोप लगाएको वा नलगाएको ठोस प्रमाणसमेत देखाएका छैनन् । जसका कारण यस विषयले अहिले ठूलो रुप लिएको छ र जोकोभिचले ग्रान्डस्लाम खेल्नेमा पनि द्विविधा बढाएकाे छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *