काठमाडौं । ताइवानको फाइटर जेट प्रशिक्षण उडानका क्रममा गायब भएको छ ।
समुद्रमाथि उडान भरिरहेका बेला एक एफ–१६ नामक अत्याधुनिक जेट गायब भएको रोयटर्सले समाचार लेखेको छ ।
एफ–१६ फाइटर जेट ताइवानको लडाकु हवाई दलको आधुनिक विमान गायव भएसँगै हालका लागि प्रशिक्षण स्थगित गरिएको छ । राष्ट्रपति तसाई इङ्ग–वेनले फाइटर जेटको खोजी र उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको समाचारमा जनाइएको छ ।




