शिक्षा / स्वास्थ्य

सरकारले भोलिदेखि १२–१७ उमेर समूहलाई फाइजर र मोडर्ना खोप दिने

काठमाडौँ ।सरकारले (भोलि) मंगलबारदेखि १२ देखि १७ वर्ष सम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहमा १२ वर्ष लागेका र १८ वर्ष मुनिका (१७ वर्ष ११ महिना २९ दिन पुगेका) बालबालिकालाई यही पुस २७ गतेबाट खोप दिइने भएको हो ।

सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने भनेको थियो तर उक्त निर्णय केहि समयका लागि रोकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *