काठमाण्डौं । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएका छन । श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको छ । दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका थिए । उनुभएको छ ।




