खेलकुद

‘फिफा वर्ष खेलाडी’का लागि मेस्सी, लेवान्डोस्की र सलाह मनोनित

काठमाडौँ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी’ अवार्डका लागि मनोनित अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फिफाले अवार्डअन्तर्गत वर्ष पुरुष खेलाडीका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो ।फिफाले सार्वजनिक गरेको वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह परेका हुन् । वर्ष खेलाडी महिलातर्फ भने अस्ट्रेलियन साम केर, स्पेनकी जेनिफर हेर्मोसो र स्पेनकै एलेक्सिया पुटेलास परेका छन् ।

वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल परेका छन् भने महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

यस्तै, वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा अनोनितको अन्तिम सूचीमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् ।

अवार्डका लागि कोच, क्याप्टेन, पत्रकार र फ्यानहरूले मतदान गरेका थिए । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *