काठमाडौं । बाग्मती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको छ ।
पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले आगामी माघ १ गतेदेखि लागू हुने गरी ट्याक्सीको भाडा समायोजन गरेको हो ।
अब उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुले शुरुको एक किलोमिटरसम्मको ६० रुपैयाँ हुनेछ भने हरेक दुई सय मिटरमा नौ रुपैयाँ असी पैसाका दरले थप हुनेछ ।





