काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको प्रधान मन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
प्रधान मन्त्री देउवाको अध्यक्षमा बसिरहेको बैठकले कोरोनालको व्यवस्थापनसम्बन्धी छलफल गरिरहेको छ । नेपालमा शुक्रबार (आज)मात्रै कोरोनाको ओमिक्रोन प्रजातिका २४ जना नयाँ संक्रमित भेटिएका छन् ।
यससँगै सरकार यसको तयारी तथा व्यवस्थापनमा जुटेको हो । सरकारले सबै अस्पतालहरूलाई आवश्यक तयारी गर्न रुलीङ्ग गरेका छ भने सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।
विश्व स्वास्थय संगठनले पनि ओमिक्राेनलाई कमजाेर नठान्न चेतावनी दिएकाे छ ।




