काठमाडौँ । भारतमा १५० करोड डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार १५० करोड डोज खोप लगाएको घोषणा गरेका हुन् ।
मोदीले कोरोनाविरुद्धको अभियानमा भारत ऐतिहासिक माइलस्टोनमा पुगेको बताएका छन् ।
मोदीले भनेका छन्- ‘देशले १५ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाएर वर्षको सुरुवात गरेको हो । यसैबीच, वर्षको पहिलो महिनाको पहिलो हप्तामा, भारतले १५० करोड खोपको डोजको ऐतिहासिक कोसेढुंगा पनि हासिल गरेको छ ।’
साथै मोदीले भारतको ९० प्रतिशत भन्दा बढी वयस्क जनसंख्याले खोपको पहिलो डोज पाएको समेत दाबि गरेका छन् । साथै उनले यो उपलब्धिका लागि देशका वैज्ञानिक, खोप निर्माता र स्वास्थ्य क्षेत्रका सहकर्मीलाई धन्यवाद दिएका छन् ।
यद्यपी अहिले भारतमा कोरोनाको तेस्रो लहर आइसकेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको अपडेट अनुसार भारतमा २४ घण्टामा एक लाख १७ हजार नयाँ संक्रमित थपिएका छन् ।




