राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं। सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकार सञ्चालनदेखि आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बैठक बसेको हो । कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको संयन्त्रको बैठक बिहीबार पनि बसेको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *