खेलकुद

युभेन्ट्स र नेपोलीले अंक बाँडे

काठमाडौं।इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । 

एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे । 

बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सदुपयोग भएनन् । 

बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ । 

सिरी ए कै अर्काे खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३-१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ । 

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *