विश्व

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत जनाएको छ ।

सेनाले आतङ्कवादीहरूको उपस्थितिको सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ।

तीव्र गोलीबारीको क्रममा दुई आतङ्ककारी मारिएको, तीन आतङ्ककारीलाई पक्राउ गरियो र एक आतङ्कवादीले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेको सेनाले जनाएको छ । साथै आतङ्कवादीसँग लड्दा दुई सैनिकले पनि ज्यान गुमाएका छन् ।

आतङ्कवादीहरूबाट इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू र रकेटहरू सहित हतियार र गोला बारुदको ठुलो परिणाम पनि बरामद गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *