काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठन गरिएको राजनीतिक समन्वय समितिकाे बैठक जारी छ ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सो समितिको बैठक आज बिहानदेखि जारी रहेको छ । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको स्रोतले बतायो ।
एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक सुचारू गराउनुपर्ने जस्ता विषय पनि छलफलमा हुने बताइएको छ ।




