विश्व

पञ्जाबमा मोदीलाई सडकमा अवरोध, २० मिनेट फ्लाईओभरमा जाममा फसे !

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको फिरोजपुरमा १५ देखि २० मिनेटसम्म जाममा फसेका छन् ।र्‍यालीमा सहभागी हुन जानेक्रममा मोदी सवार गाडी ३० किलोमिटर टाढा रहेको फ्लाईओभरमा पुग्दा केही प्रदर्शनकारीले बाटो अवरुद्ध गरेपछि जाममा परेको भारतीय गृहमन्त्रालयले जानकारी दिएको हो । यसलाई ठुलो सुरक्षा चुकको रुपमा हेरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गृह मन्त्रालयले भनेको छ, ‘प्रधानमन्त्री मोदीको काफिला हुसैनीवालास्थित राष्ट्रिय शहीद स्मारकबाट ३० किलोमिटर टाढा रहेको फ्लाईओभरमा पुग्दा केही प्रदर्शनकारीले बाटो अवरुद्ध गरेको पाइयो । प्रधानमन्त्री १५ देखि २० मिनेटसम्म फ्लाईओभरमा अलपत्र परेका थिए । यो घटना मोदीको सुरक्षामा ठूलो चुक थियो ।’

समाचार एजेन्सी पीटीआईका अनुसार यो ठूलो सुरक्षा त्रुटिका कारण प्रधानमन्त्री मोदीलाई त्याँहाबाट भटिंडा एयरपोर्ट लागिएको थियो । गृह मन्त्रालयले यो विषयलाई गम्भीरताका साथ लिएको र पञ्जाब सरकारसँग प्रतिवेदन मागेको जनाएको छ ।

पञ्जाबमा यसै बर्ष हुने विधान सभा चुनावका करण दलहरुबीच कडा प्रतिष्पर्धाका कारण यस्तो घटेको बताइएको छ ।

यस घटनाले अब केन्द्र र पञ्जाबको काँग्रेस नेतृत्वको सरकारबीच टकराव बढ्ने सम्भावना बढेको छ । समाचार एजेन्सी एएनआईका अनुसार भटिंडा एयरपोर्टमा प्रधानमन्त्री मोदीले अधिकारीहरूलाई म जिउँदै फर्कन सफल भएकोमा आफ्नो मुख्यमन्त्रीलाई धन्यवाद दिन बताएका थिए । मिडिया रिपोर अनुसार पंजाब सरकारले फिरोजपुर र फरीदकोटका एसएसपीहरूलाई यस घटनाका कारण निलम्बन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *