खेलकुद

ट्रिपियर ल्याउन न्युक्यासल सहमत

काठमाडौं । इंग्लिस क्लब न्युक्यासल युनाईटेड फुटबल क्लब ला लिगा क्लब एट्लेटिको मड्रिडलाई १२ मिलियन पाउण्ड थप्न सहमत भएसँगै इंग्ल्याण्ड राष्ट्रिय टोलीका फुल ब्याक किइरान ट्रिपियर न्युक्यासलबाट खेल्ने भएका छन् ।

३१ वर्षीय अनुभवी खेलाडी साउदी पहिलो मालिक एडी होवीको आगमनपछि न्युक्यासलमा हस्ताक्षर हुने पहिलोे खेलाडी बन्नेछन् ।

ट्रिपियर सन् २०१९ मा इंग्लिस क्लब टोटनहमबाट एट्लेटिको क्लब जोडिएका थिए । उनको बुधबार नै मेडिकल हुनेछ ।

एडी उनै व्यक्ति हुन् जसले ट्रिपियरलाई बर्नलीमा हस्ताक्षर गरेका थिए ।

ट्रिपियरले मड्रिडमा रहँदा ८३ क्याप जित्दै एक ला लिगा उपाधि हात पारे । डिफेण्डर ट्रिपियरले सन् २०२० युरो कपमा इंग्ल्याण्डलाई फाइनल पुर्‍याउन महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

नयाँ साउदी मालिकको आगमनसँगै क्लबमा थुप्रै परिवर्तन गर्न लागेको न्युक्यासल हाल भने रेलिगेशन ब्याटलमा छ । १९ खेलमा एक मात्र जित हात पार्दै ११ अंक बनाएको न्युक्यासल १९ औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *