समाचार

ओमिक्रोन संक्रमित बढेपछि दिल्लीमा कर्फ्यु

काठमाडौं । ओमिक्रोन संक्रमित बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यु लाग्ने भएको छ ।

राजधानी दिल्लीमा आगामी शनिबार र आइतबार पूर्णरुपमा प्रतिबन्ध लाग्ने भएको हो । दिल्लीको विपद व्यवस्थापनको बैठकले गरेको निर्णयअनुसार अत्यावश्यक कामबाहेकका सबै सरकारी र निजि कार्यालय बन्द हुनेछन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या ५ प्रतिशतले बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *