काठमाडौँ । ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका उप्रेती ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि दुबई बस्दै आएका थिए। ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट पास गरेपछि हराएको भन्दै सनम शाक्यको हत्या गरेका गोरेलाई जन्मकैदको सजाय सुनाइएको छ । उनी अहिले कारागारमा छन्।
पक्राउ परेका उप्रेतीमाथि भने हाल अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।




