समाचार

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्‍याे चारजनाको उद्धार

काठमाडौं।धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । 

तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *