विश्व

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो ।

जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रेक्टरको छ ।
अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *