राजनीति

गठनबन्धनले टुंगाे लगायो राष्ट्रियसभा उम्मेदवार

सुर्खेत।राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरूले निर्णय गरेका हुन् ।

यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरि सकेको छ । एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *