समाचार

पाणिनी गाउँपालिका उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश

अर्घाखाँची । अर्घाखाँकीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

सोमबार दुर्गाफाँटमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले)बाट निर्वाचित उपाध्यक्ष गौतमसहित २०० जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस पाणिनी गाउँपालिका सभापति तुल्सीराम पौडेलले जानकारी दिए ।

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा सोमबार बिहान हेलिकोप्टरबाट अर्घाखाँची आएका थिए ।

यस्तै, कार्यक्रममा कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, डिल्लीराम सुवेदीलगायतको पनि उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *