विश्व

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

नैरोबी । सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार सन्दिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एक जनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *