विश्व

अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनद्वारा कोरोनाको नि:शुल्क द्रुत परीक्षणका लागि खर्च गर्न अस्वीकार

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नि:शुल्करूपमा शीघ्र कोरोना परीक्षणको लागि रकम उपलब्ध गराउने कुरालाई अस्वीकार गरेका छन ।

मोरिसनले सोमबार संघीय सरकारले २०२० र २०२१ कै अनुपातमा कोभिड-१९ को फैलावट रोक्न खर्च जारी राख्न नसक्ने बताएका छन् ।

“हामीले यस सङ्कटबाट अष्ट्रेलियालाई उन्मुक्ति दिलाउँन सयौं बिलियन डलर लगानी गरेका छौं,” उनले बताए । “तर हामी अब महामारीको चरणमा छौंर अब हरेक पटक सरकारले सबै कुरा निःशुल्क गर्न सक्दैन ।”

अष्ट्रेलियालीहरूका लागि द्रुत एन्टिजेन टेस्टहरूलाई अनुदान दिन सरकारमा बढ्दो दबाबको बीच देशभर संक्रमण बढ्दै गएको छ । आपूर्ति अभावको बीचमा द्रुत एन्टिजेन टेस्टको मूल्य वृद्धिको व्यापक रिपोर्टहरू प्राप्त भएका छन् जबकि पोलिमरेज चेन रियाक्सन परीक्षणहरूको नतिजाको लागि पर्खने समय ७२ घण्टाभन्दा बढी रहेको छ ।

विपक्षी लेबर पार्टीका नेता एन्थोनी अल्बानीजले सोमबार ओमिक्रोन प्रकोपमा सरकारको प्रतिक्रियाको आलोचना गरेका छन । “महिनौं तयारीको साथ, दुई वर्षदेखि चलिरहेको महामारीमा पनि यो सरकारको गतिविधि अविश्वसनीय रहेको छ।” यो सार्वजनिक नीतिको असफलता हो जुन हामीले यस देशमा पहिले देखेका छैनौं ।” उनको टिप्पणी रहेको छ ।

अष्ट्रेलियाले सोमबार बिहान ३७,००० भन्दा बढी स्थानीय रूपमा प्राप्त गरिएको कोभिड-१९ संक्रमणको रेकर्ड रिपोर्ट गरेको छ । सन् २०२१ को अन्त्यसम्म, १६ वर्ष र माथिका अष्ट्रेलियालीहरू मध्ये ९४.३ प्रतिशतले कम्तिमा एउटा खोपको डोज पाएका थिए र ९१.३ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *