विश्व

अमेरिकी सांसदको ट्वीटर एकाउन्ट सधैका लागि निलम्बन

काठमाडौँ । ट्वीटरले कोरोना भाइरस बारे गलत जानकारीको बारेमा लगातार गलत जानकारी दिएको भन्दै अमेरिकी कांग्रेसकी महिला सदस्य मार्जोरी टेलर ग्रीनको एकाउन्ट सधैका लागि निलम्बन गरेको छ ।

रिपब्लिकन सांसदविरुद्धको कारबाही ट्विटरको स्ट्राइक प्रणाली अन्तर्गत निलम्बनमा परेको हो । कम्पनीले यसअघि ग्रीनको एकाउन्टलाई चार पटक स्ट्राइक् गरेको बताएको छ ।

ग्रीनले भने कि प्रतिबन्धले कम्पनी अमेरिकाको शत्रु हो भन्ने प्रमाणित गरेको प्रतिक्रिया दिएकी छन् ।

सोशल मिडिया टेलिग्राममा पोस्ट गर्दै सांसद ४७ बर्षिय ग्रीनले भनेकी छन् – ‘सामाजिक मिडिया प्लेटफर्महरूले सत्यलाई टाढा टाढा फैलाउनबाट रोक्न सक्दैन र ट्विटरले कम्युनिष्ट क्रान्ति मा अज्ञात शत्रुहरूलाई सहयोग गरेको छ ।’

ग्रीनले अन्तिम पटक ट्वीटरमा शनिबार अमेरिकामा “कोविड भ्याक्सिनको मृत्युको अत्यधिक मात्रा” भन्ने झुटो कुरा ट्वीट गरेकी थिइन् ।

ट्विटरका प्रवक्ताले भने कि ग्रीनलाई कोरोना भाइरस गलत सूचना नीतिको उलंघन गरे वापतनै निलम्बन गरिएको स्पष्ट गरेका छन् ।

ग्रीनले गत अगस्टमा कोरोना भाइरस खोपहरू “असफल” भइरहेका छन् र नियामकहरूलाई नयाँ शटहरू अनुमोदन नगर्न आग्रह गर्दै पोष्ट गर्दा नै चौथो स्ट्राइक गरिएको ट्वीटरले बताएको छ ।

२०२० को चुनाव पछि ग्रीन वाशिंगटनमा सबैभन्दा विवादास्पद राजनीतिज्ञ मध्ये एक रहेकी छन् । उनी डोनाल्ड ट्रम्पकी कट्टर समर्थक समेत रहेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *