विश्व

दक्षिण कोरियाले भन्यो- एक व्यक्ति सीमा पार गरेर उत्तर गए

एजेन्सी । कडा सुरक्षा भएको सीमालाई पार गर्दै एक व्यक्ति उत्तर कोरियातर्फ गएका छन् । दक्षिण कोरियाका अनुसार ति व्यक्तिलाई रोक्न निकै प्रयास गरिएको भए पनि सफलता मिल्न सकेन ।

अधिकारीहरुका अनुसार यो घटना शनिबार रातिको हो । उक्त व्यक्ति तारको घेरा पार गरेर तीन घण्टा त्यहाँ बसे र फेरि उत्तर कोरियाली हिस्सातर्फ अघि बढेको अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

त्यसबारे जानकारी हुनासाथ उनलाई पक्राउ गर्न सैनिक पठाइएको थियो । सीमा पार गर्ने व्यक्ति दक्षिण कोरियाका हुन् या उत्तरबाट आएका थिए र घर फर्किएका हुन् भन्ने एकिन हुन नसकेको जनाइएको छ ।

उत्तर कोरियाका कतिपय मानिसले भाग्ने प्रयास गर्ने गरेका समाचारहरु सार्वजनिक हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *