विश्व

रुसद्वारा सन् २०२१ मा १० भन्दा बढी रकेट परीक्षण फायरिङ

मस्को । रुसको प्यासिफिक फ्लीटले गत वर्ष १० भन्दा बढी रकेट परीक्षण फायरिङ गरेको रुसी पूर्वी सैन्य कार्यालयले जानकारी दिएको छ।

प्रवक्ताका अनुसार सन् २०२१ मा प्यासिफिक फ्लीटमा जहाज संरचनाहरूद्वारा १० भन्दा बढी रकेट फायरिङ गरिएको थियो। परीक्षण फायरिङहरूमा रुसको आधुनिक फ्रिगेट मार्सल शापोश्निकोभद्वारा गरिएका दुई अभ्यासहरू समेत समावेश थिए।

गत अप्रिलमा फ्रिगेटले जापानको सागरमा कालिब्र क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो। त्यसै गरी डिसेम्बरमा मार्सल शापोस्निकोभले रुसको सबैभन्दा नयाँ एन्टि-सबमरिन कम्प्लेक्स ओटभेटको मिसाइलले जापानको समुद्रमा लक्षित गरी परीक्षण गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *