खेलकुद

बार्सिलोनामा कोरोना र इन्जुरीको संकट, मल्लोर्काविरुद्ध बि टिमका ९ खेलाडी खेल्दै

काठमाडौँ । बार्सिलोनाले आइतवार राति हुने रियल मल्लोर्काविरुद्धको ला लिगा अन्तर्गतको खेलका लागि बि टिमका ९ खेलाडी छानेका छन् ।

कोरोना संक्रमण र इन्जुरीका कारण प्रमुख खेलाडी खेल्न असमर्थ भएपछि प्रशिक्षक जाभीले बि टिमबात खेलाडी छानेका हुन् ।

जाभीले सर्जिनो डेस्ट, फिलिप कोटीन्हो, जोर्डी अल्बा, अलेजान्ड्रो बाल्डे, अब्दे इज्जालजौली, ओसमान डेम्बेले, गाभि र ड्यानी आल्भेज लगायत खेलाडीको अनुमस्थितिमा बि टिमका खेलाडी चयन गर्नुपरेको हो । शनिबार कोविड नेगेटिभ आएपछि दुबै साम्यूयल उम्टिटी र क्लेमेन्ट लेन्ग्लेट भने टिममा समावेश गरिएको छ ।

त्यस्तै अन्सु फाती, पेड्री, मेम्फिस डेपे, मार्टिन ब्रेथवेट र सर्जी रोबर्टो भने घाइते भएका कारण खेल्न नसक्ने भएका छन् । त्यस्तै सर्जियो बुस्केट्स निलम्बित रहेका छन् ।

मल्लोर्काविरुद्ध खेल्ने बार्सिलोनाको टिम : टेर स्टेगेन, पिके, आउजो, रिक्वी पुइग, नेटो, लेन्ग्लेट, डी जोंग, एफ. डे जोंग, मिन्गुएजा, उम्टिटी, एरिक गार्सिया, इनाकी पेना, निको, जुट्ला, अल्भारो सान्ज , कोमास, इलियास, गुइलम, एस्टानिस, लुकास डे भेगा र मिका मारमोल।

यस अघि बार्सिलोनाले रियल मल्लोर्कासँग आइतबारको खेल स्थगित गर्न गरेको अनुरोधलाई अस्वीकार गरेपछि बार्सिलोनाले बि टिमबाट खेलाडी छानेर खेल्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *