राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्र्तगत आज (शनिबार) ११ बजे सुरु हुने बन्दसत्र सुरु हुँदैछ ।

आजको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

त्यसअघि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ । बैठक प्रज्ञा भवन, कमलादीमा सुरु भएको हो ।

आज विधान संशोधन प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *