काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।
स्वास्थ्य परीक्षणका लागि प्रधानसेनापति भारत जान लागेको नेपाली सेनाले जनाएको छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले प्रधानसेनापति शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत गरेको छ ।
नेपाली सेनाका अनुसार बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।




