काठमाडौं।रौतहट बमकान्डका मुख्य आरोपी मोहमद अफताब आलमको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको मुद्दा अन्तमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन हालेका थिए ।
योसँगै आलमको मुद्दा १८ पटक पेसी तारेखमा परे पनि हालसम्म पनि सुनुवाइ भएको छैन । आलमको मुद्दा सात पटक स्थगित भएको छ भने आजको लागि तीन पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो ।




