काठमाडौँ । न्यूजील्याण्डमा कोरोनाको नयाँ भेरिएन्टको पहिलो केस देखिएको छ । न्युजील्याण्डको स्वास्थ्य मन्त्रालयले अकल्याण्डका एक व्यक्ति ओमिक्रोन संक्रमित भएको पुष्टि गरेको हो ।
ति व्यक्ति बेलायतबाट डिसेम्बर १६ मा न्युजील्यान्ड आइपुगेको र डिसेम्बर १७ मा कोरोना पोजेटिभ देखिएको थियो । ति व्यक्ति डिसेम्बर २६ र २७ मा अकल्याण्डमा रहेको र उनीबाट समुदायमा सरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।मन्त्रालयले भने उनीबाट अन्यलाई संक्रमण नसरेको बताएको छ ।
न्यूजील्याण्डको समुदायमा अहिलेसम्म कुनै ओमिक्रोनका केसहरू छैनन् । न्यूजील्याण्डको सीमामा व्यवस्था गरिएको क्वारेन्टाइन सुविधाहरूमा अहिलेसम्म १७ जना ओमिक्रोनबाट संक्रमित भएको बताइएको छ ।




