गण्डकी प्रदेश

तमु ल्होसारको अवसरमा गण्डकीमा सार्वजनिक बिदा

पोखरा। गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार रहेको छ । त्यसअनुसार गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होसार यही पुस १५ गते अर्थात् भोलि (बिहीबार) परेको छ ।

बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो ।

गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे सङ्क्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *